स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला

काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् ।

दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उनले आत्महत्या गरेको जनाएको छ । उनको शरिर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो । उनले कारभित्र आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको बताइएको छ । मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन भएका थिए । उनले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए । मैनालीले पारिवारीक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका थिए । मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए । विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय थिए । मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *