आजदेखि माओवादीको विधान सम्मेलन सुरु

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । सम्मेलन तीन दिन (३ गते)सम्म चल्नेछ । सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो ।

उक्त समितिले पुस २७ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो । सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *