चौधरी ग्रुपको ‘आयोन वाई’ ईभी सार्वजनिक

काठमाण्डौं । चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो । आयोन वाई ईभीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १ हजार ८७० एमएम र उचाई १ हजार ६५० एमएम छ । यसमा २ हजार ७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

चिनियाँ यस ईभीको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । कम्पनीले यसमा १०. २५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको जनाएको छ । कप होल्डर, वायरलेस चार्जर लगायतका सुविधा पनि दिएको छ । यु गाडीमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । यसलाई सिंगल चार्जमा ५ सय किलोमिटर गुडाउन सकिने र यसको मोटर क्षमता १ सय किलोवाट रहेको कम्पनीले जनाएको छ । कम्पनीले आयोन वाई ईभीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *