भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा

काठमाण्डौं । क्यानडासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ‘ए’ टिम घोषणा गरेको छ। नेपाली क्रिकेटको इतिहासको ए टिम घोषणा गरिएको यो पहिलो पटक हो। टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्। टिममा अधिकांस युवा खेलाडीले स्थान बनाएका छन्। ए टिमको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले ए टिममा स्थान बनाएका छन्। मुलपानी मैदानमा हुने भनिएको ए टिमको सिरिजको मिति सार्वजनिक हुन बाँकी छ।
नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायान यादव, सुजन थपलिया।
प्रशिक्षकः ज्ञानेन्द्र मल्ल, कलाम अली

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *