विश्वकप लिग-२ : अनिल र देवलाई समेट्दै अन्तिम १५ जनाको सूची सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ जनाको सूची सार्वजनिक गरेका हुन् ।

क्यानडाविरुद्धको खेलमा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान) आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ समेटिएका छन् ।

लिग–२ को पहिलो खेल नेपालले नामेवियासँग बिहीबार अर्थात १५ फेब्रुअरीमा खेल्ने छ । यसैगरी १७ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग नेपालको खेल हुने छ । १९ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स आमने सामने हुने छन् ।

२१ फेब्रुअरीमा नेपाल नामेविया, २३ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स तथा २५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुने छन् । सबै खेल बिहान सवा ९ बजेदेखि सुरु हुने छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने लिग–२ का खेलहरू डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गो एप्सबाट प्रत्यक्ष प्रसारण पनि हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *