सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले फानुन ३० गते भगवती बहालस्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको हो। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गर्ने भएको छ ।
फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। कम्पनीले आर्थिक वर्ष २०७९।८० को मुनाफाअट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । सभामा वित्तीय विवरणहरु पारित गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुने छन्।