आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिएका हुन । स्रोत समितिको बैठकले १८ अर्बको सिलिङ दिएको बताउँदै अर्थमन्त्री महतले ‘यस वर्षको बजेट सिलिङ १८ खर्बको रहेको छ ।’ उनले पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षको बजेट कटौती नभएको पनि बताए । संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै उनले बजेट कटौती नभएको प्रष्ट पारे ।

यसअघि डा. महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *