एनआईसी एशिया बैंकको वित्तीय अवस्थामा कुनै समस्या छैनः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको वित्तीय अवस्था अहिलेसम्म स्वस्थ रहेको जानकारी दिएका छन् । बैंकको अवस्था सामाजिक संजाल सरी भ्रामक नरहेको जानकारी दिएको छ। कुल ३ खर्ब २ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको एनआईसी एशिया बैंकले ३० अर्ब ६८ करोड ९३ लाख ( १०.१४ प्रतिशत) मात्रै हो । जबकि राष्ट्र बैंकले नियम अनुसार निर्देशित क्षेत्रमा २५ प्रतिशतसम्म कर्जा दिन पाइन्छ । अझ राष्ट्र बैंक तयार पारेको एनआईसी एशिया बैंकको वित्तीय अवस्थामा त २ करोडसम्मको व्यक्तिगत घर निर्माण कर्जाको हिस्सा नै २७ अर्ब ७५ करोड ३५ लाख रुपैयाँ (९.१७ प्रतिशत) रहेको छ । आम नागरिकको चासो बैंकको यो प्यारामिटरमा हो । तर, पनि एनआईसीले राष्ट्र बैंकको नियम भित्रै बसेर बैकिङ सेवा प्रदान गरिरहेको छ । एनआईसीले रियल क्षेत्रमा गरेको कर्जा कुल १०.१४ प्रतिशत कर्जामा कमर्शियल कम्पेक्स तथा बसोबास गर्ने अपाटमेन्टमा ०.२६ प्रतिशत कर्जा प्रवाह गरेको छ भने जग्गा तथा आयआर्जन गर्ने व्यवसायिक कम्पेक्स निर्माण गर्न ०.१७ प्रतिशत कर्जा प्रवाह गरेको छ । अन्य रियल स्टेटमा ०.५३ प्रतिशत, जग्गा खरिद तथा प्लटिङमा ०.०२ प्रतिशत कर्जा प्रवाह गरेको छ । यदि बैंकमा समस्या आयो भने राष्ट्र बैंकले आम नागरिकको बचत डुब्न दिँदैन। तुरुन्तै ‘टेकओभर गरिहाल्छ’,सहप्रवक्ता पोखरेलले भने ‘राष्ट्र बैंकको हेराइ वा अध्ययनमा अहिलेसम्म बैंकमा कुनै समस्या छैन ।

बैंकको एनपीएल १.१९ प्रतिशतमात्रै छ । यो भनेको बैंकको कुल कर्जाको जम्मा ३ अर्ब ६० करोड १६ लाख रुपैयाँमा मात्रै निस्क्रिय कर्जा हो । चालु आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ३.८१ प्रतिशत छ । यसरी समग्र बैकिङ क्षेत्रको निस्क्रिय कर्जाको अनुपातलाई हेर्दा एनआईसी एशिया बैंकको अनुपात निकै कम छ । बैंकको अवस्था मापन गर्ने अर्को महत्वपूर्ण वित्तीय प्यारामिटर भनेको क्यापिटल एडुकेशी रेसियो हो । बैंकको यो प्यारामिटर पनि राम्रो नै छ । बैंकको ११.७३ प्रतिशत क्यापिटल एडुकेशी रेसियो रहेको छ । बैंकको यो इन्डिकेटरले पनि बैंकमा कुनै रिक्स नभएको देखाउँछ भने बैंकको कोर क्यापिटल पनि ८.५ प्रतिशत भए पुग्नेमा ८.६४ प्रतिशत रहेको छ । १४ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सेयर पुँजी रहेको बैंकको क्यापिटल फन्ड ३४ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने बैंकमा कुल ३ खर्ब ८१ अर्ब ३९ करोड रुपैयाँ आम लागनीकर्ताको निक्षेप रहेको छ । बैंकले रिक्स वटेज एक्पोजरमा मात्रै २ खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ । बैंकसँग पुसमसान्तसम्म खुद तरलता २७.२८ प्रतिशत रहेको छ । राष्ट्र बैंकद्वारा निर्देशित प्राथमिकता प्राप्त क्षेत्रमा २८.५६ प्रतिशत कर्जा प्रवाह गरेको बैंकले डेरिभेटिभ सेक्टरमा ५.०९ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकको स्पेडदर ३.९९ प्रतिशत रहेको छ भने एसएलआर २६.६० प्रतिशत र सीडी रेसियो ७६.८६ प्रतिशत रहेको छ । चालु आवको दोस्रो त्रैमासम्म १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको बेसरेट झरेर ९.६८ प्रतिशतमा सीमित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *