बैंकिङ क्षेत्र अब्बल छन्, गलत अभिव्यक्ति दिनेलाई कारबाही गरौं

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार संगठनहरूले बैंकिङ क्षेत्रको बारेमा गलत अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्ति बैंकर्स संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रको बारेमा जथाभावी बोल्नेलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न सरकारी निकायहरूलाई आग्रह गरेका हुन् । पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक संजालहरुमासमेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै चार संगठनले उक्त आग्रह गरेका हुन् । साथै, सम्बन्धित सरोकारवालाहरूलाई पनि बेलाबखतमा सामाजिक संजालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचनारसमाचारहरुलाई मात्र आधिकारिक रुपमा नलिन उक्त संगठनहरूले आग्रह गरेका छन् । त्यस्तै, नेपालका वित्तीय संस्थाहरु अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (बेसल लगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएका बताउँदै चार संगठनहरूले नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको दावी गरेका छन् । ‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।

यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा भूमिका खेलेको बताउँदै संगठनहरुले हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाखभन्दा धेरै कर्जा खाताहरु संचालनमा रहेका जानकारी गराएका छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरुमार्फत देशभर प्रदान गर्दै आइरहेका छन् । साथै, देशको दुर(दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाखभन्दा धेरै स(साना ऋणीहरुलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा भूमिका खेलेका छन् । यी सबै संस्थाहरुले ८२ हजारभन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आर्थिक वर्ष २०७९र८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई ३१ अर्ब रुपैयाँभन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोड रुपैयाँभन्दा धेरै सामाजिक कार्यहरुमा खर्च गरेका बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *