भक्तपुर बचत संघको अगोजनामा तरलता व्यवस्थापन तालिम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । तलिमममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर मात्र हुदैंन, तरलताको गुणस्तर पनि हेर्नु पर्ने बताए । हाल प्रतिवेदनमा तरलता पुगेको देखिएता पनि रकम फिर्ता दिन नसकेका थुप्रै उदाहरण देखिनुकोे कारण अन्तर सहकारी समानान्तर कारोबार रहेको उनले जनाए ।

संघका सचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक इन्द्र प्रसाद व्यन्जुले सिकेका ज्ञान संस्थामा लागु गर्न र सिकेको कुराहरु सहकर्मीहरुलाई सिकाउनुपर्ने बताए । सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्नुहुँदैन र सो भन्दा बढी लगानी गर्दा तरलता संकट हुने उनको भनाई छ । संघका व्यवस्थापक बालकृष्ण धोजु हाल समुदायमा आधारित सहकारी संस्थामा ऋण लगानी हुन नसक्दा अधिक तरलता भएको र तरलताको सहि व्यवस्थापन गरेर पनि संस्था संचालन गर्न सकिने बताए । तालिमको सहजकर्ता गर्दा कवि न्यौपानेले तरलता संकट, अधिक तरलताको व्यवस्थापन, स्प्रेदर गणना विधि लगायतको विषयमा प्रशिक्षण दिएका थिए । तालिममा सदस्य संस्थामा कार्यरत ३२ जना कोषाध्यक्ष, व्यवस्थापक एवम् कर्मचारीहरुको सहभागिता रहको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *