त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।
उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण पछिको अन्तर्वार्ताबाट उनीहरु सिफारिसमा परेका थिए ।
ती मध्ये डा. बुढाथोकीलाई सरकारले उपकुलपतिमा नियुक्त गरेको जनाइएको छ । बुढाथोकी यसअघि शिक्षाशास्त्र संकायको सहायक डिन भएर चार वर्ष काम गरेका थिए भने सोही संकायमा साढे ३ वर्ष डिनको रुपमा काम गरेका थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यायबाट विद्यावारिधि गरेका बुढाथोकी लामोसमयदेखि त्रिविसँग जोडिएका थिए ।