पुनर्बीमा कम्पनीको झण्डै ३६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको ३५ लाख ८७ हजार ४ सय ३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको छ । यसमा आइजीआई प्रुडेन्सियलको २० लाख कित्ता, ग्लोबल आईएमई क्यापिटलको १ लाख ८७ हजार ४ सय ३४ कित्ता, आईएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता र हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता शेयर रहेको छ ।

आजदेखि बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य २ सय ८० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक बिद्यमान संस्थापक शेयरधनीहरुले चैत्र १२ गतेसम्म कार्यालय समयभित्र ग्लोबल आईएमई क्यापिटलको कार्यालय गई खरिद आवेदन दिनुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *