काठमाडौंको सीतापाइलामा तीनजनाको शव भेटियो

काठमाडौं । काठमाडौंको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन् । कामाठाडौं प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिकाको शव फेला परेको हो । उनीहरु तीनजनाकै शव एक घरको कोठाभित्र फेला परेको काठमाडौंका एसपी नवराज अधिकारीले जानकरी दिए ।

उनीहरुको हत्याको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *