ग्रीन डेभलपमेण्ट बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धन केन्द्रले संयुक्त रुपमा संचालित वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धन केन्द्रले फागुन ८ र ९ गते पोखरा महानगरपालिका अन्तर्गतका वडा नं. १९ र २० मा छुट्टाछुट्टै कार्यक्रमकाबीच वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् ।
बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ्ग लगायत समसामायीक विषय वस्तुको बारेमा बैंकका जोखिम व्यवस्थापन तथा अनुपालना विभाग प्रमुख रमेश बञ्जराले सहभागीलाई प्रस्ट प्रारेका थिए । सो कार्यक्रममा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले ग्रीन डेभलपमेण्ट बैंक, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र पोखरा महानगरपालिको सहकार्यमा आधारित साझेदारी स्वरोजगार कार्यक्रम बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रमा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी,व्यवसायी तथा अन्य संघ संस्थाका प्रतिनिधि, स्थानीय आमा समुहको सहभागिता भएको थियो । उक्त कार्यक्रमबाट १०२ जनाले वित्तीय साक्षरता सम्बन्धी ज्ञान हासिल गरेका थिए ।