नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा स्वयम्भू र बालाजुमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भूशाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा संचालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिक सेवा तथा सुविधाहरु दिने बताए । बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरु संचालनमा ल्याएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *