प्रमुख विपक्षी नेकपा एमालेद्वारा संसद बैठक अवरुद्ध
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले आक्रोस भएको हो । केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०/१५ जना सांसद बाहिर जानुभयो ।’
उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि विरोध जनाए । सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिए ।
त्यसपछि सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए, तर एमाले सांसदहरु उठेर विरोध गरे । एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।