सन नेपाल लाइफद्धारा लाभांश घोषणा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुको लागि एकै पटक लाभांश घोषणा र तत्पश्चात हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको यही फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सन नेपाल लाइफले २३.८० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले आईपिओ जारी गरेपछि पहिलो पटक लाभांश बापत बोनस शेयर दिन लागेको हो । त्यस्तै, कम्पनीले बोनस शेयर पश्चात १ः०.२७ प्रतिशत अर्थात १००ः२७ रेसियोमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यद्यपि सो निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पश्चात मात्रै लागू हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *