संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

काठमाडौं । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको छ ।

देशभरका लघुवित्त पीडितहरू न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ आएर आन्दोलित रहेका छन् । गृहमन्त्रालेले आइतबारदेखि वार्ता गरे पनि प्रहरीले उनीहरुलाई भृकुटीमण्डपबाट हटाएपछि वार्ता छोडेर फेरी प्रदर्शनमा लागेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *