कौडा खेलिरहेका १२ जना पक्राउ
झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
शिबसताक्षी नगरपालिका–११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलालसहित १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।