राष्ट्रिय वाणिज्य बैंकमा नौ मन्त्रालयको कति लगानी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९.९७ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३० लाख ७३ हजार ४६६ रुपैयाँ लगानी छ । बैंकमा सरकारको लगानी भएपनि सबैभन्दा धेरै अर्थमन्त्रालयको देखिन्छ । अर्थ मन्त्रालयको ९४.६५ प्रतिशत अर्थात् १४ अर्ब ८० करोड ११ लाख ७१ हजार १४२ रुपैयाँ छ । यस्तै, महालेखा नियन्त्रक कार्यालयको ४.४७ प्रतिशत अर्थात् ६९ करोड ९६ लाख ५९ हजार १४ रुपैयाँ, उद्योग मन्त्रालयको ०.५२ प्रतिशत अर्थात् ८ करोड २० लाख २९ हजार २५ रुपैयाँ लगानी छ ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ०.०८ प्रतिशत अर्थात् १ करोड २४ लाख १४ हजार ४४३ रुपैयाँ, संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ०.८ प्रतिशत अर्थात् १ करोड २४ लाख १४ हजार ४४३ रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ०.८ प्रतिशत अर्थात् १ करोड २४ लाख १४ हजार ४४३ रुपैयाँ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ०.०८ प्रतिशत अर्थात् १ करोड २५ लाख ५३ हजार २५५ रुपैयाँ सेयर स्वामित्व छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको १ लाख ३९ हजार २३० रुपैयाँ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको १ लाख ३९ हजार २३० रुपैयाँ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको १ लाख ३९ हजार २३० रुपैयाँ बराबरको सेयर स्वामित्व छ । बैंकमा सर्वसाधारणको ०।०३ प्रतिशत अर्थात् ४३ लाख ३ हजार ६ सय रुपैयाँ बराबरको सेयर छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *