नयाँ मन्त्रिपरिषद् विस्तार, नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । शपथ लिनेमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् । तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।