कांग्रेसले फिर्ता लियो सरकालाई दिएको समर्थन
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए । हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ ।
आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ, उनले भने । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।