पिपुल्स साकोसद्वारा स्थापना दिवसको अवसरमा मोबाईल बैंकिङ् सुरु

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता तथा बनेपा नगरपालिका वडा न ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता स्थापना दिवस मनाएको हो । संस्थाले सो अवसरमा मोबाईल बैंकिङ् सेवा सुरु गरेको छ । “प्रविधिको उच्चतम प्रयोग मार्फत सदस्यहरुको सहभागीता” सदस्यहरुलाई सरल भरपर्दो र घरमै बसेर कारोबार गर्न सक्ने गरि विभिन्न प्रविधिको विकासमा वार्षिक योजना अनुसार मोबाईल बैंकिङ् सुरु गरेको हो । नगद रहित कारोबारको माध्यमबाट आफ्नो पैसाको सुरक्षा र कारोबारमा सरलता ल्याउनका लागि १८औं संस्था स्थापना दिवसका अवसरमा सदस्यहरुको माझमा मोबाईल बैंकिङ् सेवा सुचारु गरिएको संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले संरक्षित पुँजी फिर्ता कोष रकम समेत वितरण गरेको छ । संरक्षित पुँजी फिर्ता कोष रकम वितरण अन्र्तगत भार बमोजिमको कर्जा तर्फ कूल रकमको ६० प्रतिशत ३ हजार भन्दा बढि रकम पाउने १४ जना र बचत तर्र्फकूल रकमको ४० प्रतिशत १५०० भन्दा बढि रकम पाउने १४ जना सदस्यहरुलाई उक्त कोषबाट रकम वितरण गरिएको थियो । कार्यक्षेत्र भित्र भएका सार्वजनिक स्थान, मठ मन्दिर, संस्कृती एवं सम्पदा संरक्षणमा संस्थाको उपस्थितीको लागि र सहयोगी भूमिका खेल्ने हेतुले वार्षिक योजना अनुसार संस्थाको कार्यक्षेत्रका कम्तीमा १ ओटा मठमन्दिर सरसफाई गर्न स्थानीय क्लव, सम्वन्धित सामाजीक संस्थाहरु सँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुरुप तीनदोबाटो चोक भित्र करुणा मार्ग, लक्ष्यश्वर मार्ग, लक्ष्यश्वर महादेव मन्दिर हुँदै तलापुखु पोखरी र गणेश मन्दिर सम्म सरसफाई गर्दै सम्पन्न गरियो ।

त्यसैगरी काभे् रेडक्रसको प्राविधिक सहयोगमा सञ्चालन भएको खुल्ला रक्तदान कार्यक्रममा महिला ५ जना र पुरुष १६ जना गरी जम्मा २१ जनाले रक्तदान गरेका छन् । सहकारी शिक्षा, वित्तिय साक्षरता तथा परिवार योजना कार्यक्रम अन्तर्गत सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरता तथा परिवार योजना कार्यक्रम ३४ जना सदस्यको उपस्थिती रहेको थियो । सो शिक्षा कार्यक्रम सहायक सुरवि कायस्थ र एलिना सुवालबाट सहभागिहरुलाई सहजिकरण गरिएको थियो भने प्रबन्धक नवराज सापकोटाबाट सहकारी शिक्षा एवं वित्तीय साक्षरता बिषयमा प्रस्तुतिकरण गरेका थिए । संस्थाले समवेदना राहत ४ जना सदस्यलाई वितरण गरेको छ । १०० कित्ता बराबरको शेयर खरिद गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप ५००० प्रदान गर्दै आएको छ । संस्थाले स्वास्थ्य उपचार सहयोग रकम वितरण अन्तर्गत १ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम कार्यक्रका प्रमुख आतिथि शुभलक्ष्मी मानन्धरले प्रदान गरेका थिए । त्यस्तै यस आ।ब।मा २ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम उपलब्ध गराएको छ । यस योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम रु २०० वा १०० ले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्नेछ । यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा १५,०० रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा १०,००० वा बिल बमोजिमको रकम भुक्तानी गरिनेछ । राहत कोषबाट उपलब्ध गराउने रकम बढीमा ४ पटक गरी २०,००० भन्दा बढी हुने छैन । अस्पतालमा भर्ना भई उपचार गराएको व्यहोराको अग्रिम जानकारी संस्थामा गराउनु पर्नेछ । यस योजनामा आवद्ध हुने सदस्यको खाताबाट फिर्ता नहुने गरी सदस्य अवधि भर वार्षिक १०० कट्टि गरी “स्वास्थ्य उपचार राहत कोष” मा जम्मा गरिने संस्थाले जनाएको छ । सोही अवसर पारेर संस्थाले नयाँ बचत योजना सुरु गरेको छ । सो अवसरमा पिपुल्स सुनौलो भविष्य बचत योजना १६ बर्षे कार्यक्रम सञ्चालनमा ल्याएको हो । जसमा सहभागी हुन चाहने सदस्यले १ लाख, २ लाख, ३ लाख र ४ लाखका दरले वा सो को गुणामा हुन आउने रकम एक्मुष्ट बचत गरि योजना स्किमको छनौट गर्नुपर्नेछ । संस्थाले मासिक रुपमा उपलब्ध गराउने भनिएको रकम सदस्यको यस संस्थामा रहेको साधारण बचत खातामा जम्मा गरिनेछ र अवधि समाप्ति भए पश्चात संस्थाले कबुल गरे अनुसारको एकमुष्ट रकम भुक्तानी गर्नेछ । संस्थाले सो अवसरमा दीर्घकालिन बचतको चेक हस्तान्तरण गरेको थियो । २०६५ फागुन ९ गते सञ्चालनमा आएको १५ बर्षे दीर्घकालिन बचत योजनामा जम्मा ३१ जना सदस्यले १५ बर्ष सम्म नियमित बचत जम्मा गरेका थिए । उक्त योजना अवधि समाप्त भएकाले ३१ जना सदस्यहरुलाई ७४ लाख ८० हजारको चेक हस्तान्तरण गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *