प्रचण्डले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बैठकपछि उपसभापति धनराज गुरुङले भने, मन्त्रीहरूले असहयोग गरेको बहाना मात्र हो, उहाँ चरम असरवादी हो । सरकार नछोड्नकै लागि उहाँले कांग्रेसको काँधबाट एमालेको काँध चढ्नुभयो । हामीले गल्ती गरेका छैनौँ । उनले अब प्रचण्डलाई काँध नथाप्ने भन्दै सकेको दिन अरूलाई लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *