विवाह वर्षगाँठको अवसरमा सिटिजन लाइफको १० लाखको बीमा पोलिसि उपहार

काठमाडौँ । पछिल्लो समय जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगांठ तथा अन्य अवसरमा साथिभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित हुन थालेको छ । त्यसैको उदाहरण बनेका छन् चितवनका एक दम्पत्ति । कालिका नगरपालिका ७, चितवन निबासि कृष्ण प्रसाद दनैले आफ्नो १७ औं बैबाहिक बर्षगांठको अबसरमा आफ्नी जीवन संगिनि अम्बिका कडरियालाई १० लाखको जीवन बीमा पोलिसि उपहार दिएका छन् ।

सिटिजन लाइफको गोरखा शाखाबाट सिटिजन शुभारम्भ योजना खरिद गरेका दम्पत्तिले भोलिको अवकास जिवन सुनिश्चित हुने र आज जोखिम बहन पनि हुने बताउंदै फजुल खर्च कटाएर बचतको सुरुवात गरेको बताए । उक्त बीमालेख कम्पनीका एजेन्सी मेनेजर बिशाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *