नयाँ गठबन्धनमा रास्वपाको ४ मन्त्री ,गृहमा रवि

काठमाडौं । नयाँ गठबन्धनमा रास्वपालाई गृह मन्त्रालय दिने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृहमन्त्रालय दिन सहमत भएका हुन् । योसँगै अब सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका हुन् ।

नयाँ गठबन्धनमा अनुसार एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको र बाँकी मन्त्रालय नेकपा एसलगायतलाई दिइने बुझिएको छ । गृह र अर्थ मध्ये एकमा एमालेको दाबि रहेकोमा रास्वपाले गृह मन्त्रालय पाउने भएपछि अब अर्थमा एमाले र माओवादी केन्द्रबीच सहमति हुन बाँकी रहेको बताइएको छ ।

यता रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय भएको पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *