प्रधानमन्त्रीद्वारा त्रिशूली बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरी नजिकै त्रिशूली नदीमा बस खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले ७ जनाको ज्यान जाने गरी भएको दुर्घटनाबाट आफू दुःखी भएको जनाएका हुन्। ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ७ जना यात्रुको मृत्यु भएको खबरले दुःखी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले लेखेका छन्।

उद्धार तथा घाइतेको उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रधानमन्त्री प्रचण्डले प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *