१३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रदर्शनका लागि बालुवाटार पुगेका १३ जना मिटरव्याज पिडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ रहेका छन् । सबैलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

मिटरब्याजपीडितले वार्ता संयोजक कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *