परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
विहिबार बिहान परराष्ट्र मन्त्रलयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् । भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
यस अघि गृहमन्त्री रहेका श्रेष्ठ बुधबार मात्र परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए ।