सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसंगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।

यो योजना फागुन २५ देखि लागू हुनेछ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ । घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *