प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा फागुन ३० गते विश्वासको मत लिने जानकारी गराए हुन् । प्रतिनिधिसभाको बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । सोही दिन नै विश्वासको मत लिने तयारी अनुसार माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्ने निर्णय समेत गरिसकेको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । त्यस्तै माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउदै छ ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै एमालेलगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *