विनोद चौधरीको निर्माण कम्पनीसँग आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरूसँग आग्रह गरेका छन् । सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गरेका हुन् । उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरेका थिए । सांसद चौधरीले नारायणगढ–बुटवल सडकखण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

सो क्षेत्रको काममा ढिलासुस्ती नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे । जनप्रतिनिधिको हैसियतले सबैभन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरू तत्काल समयमा नै सम्पन्न भएको बताए । ठूला विकासका जनप्रतिनिधिहरूको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भूमिका रहेको उनको भनाइ थियो । उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताए । स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए । के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी छ । जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न तयार छु । अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *