रास्वपाले सरकारलाई विश्वासको मत दिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार विहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । प्रचण्ड नेतृत्वको नयाँ गठबन्धनमा रास्वपा सहभागी भएको थियो ।
रास्वपाको प्रतिनिधिसभामा २१ सांसद रहेका छन् । सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाले लिएको छ । सभापति रवि लामिछाने उपप्रधान तथा गृह, उपसभापति डोलप्रसाल अर्याल (डिपी) श्रम, उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री छिन्।