तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

पदमुक्त हुनेमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन् । सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *