लक्ष्मी सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि फागुनमा साधारण बचतमा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर ९.९९ प्रतिशत र स्प्रेडदर ४.४० प्रतिशत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *