सिटिजन्स बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेका छन् । सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको हो । वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *