सिरिजको फाइनलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित
काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको छ ।
आज भएको फाइनल खेलमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो । नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यता पिएनजीका काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए । आज भएको खेलको जितसँगै पिएनजीले सिरिजको उपाधि जितेको छ ।