एलजीको निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । गर्मी बढेसँगै चैत १ गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको एलजीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निस्शुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसोको मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ। यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६ ०० १०० २११ वा ०१ ५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै ग्राहकले नयाँ एसीमा ४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । नयाँ एलजीको एसीहरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *