सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केडिया नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभाबाट सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन् ।
विगत लामो समयदेखि यस कम्पनी र केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उनी कम्पनीका सञ्चालकमा नियुक्त भएसँगै सिद्धार्थ प्रिमियरले व्यवसाय विस्तारमा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ ।