बंगलामुखी सहकारीले वित्तीय विवरण प्रकाशित
बंगालामुखी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको फागुण महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरको अपरिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी १४ करोड ४७ लाख ९१ हजार,जगेडा कोष २ करोड ७१ लाख ५३ हजार,बचत संकलन ९१ करोड ८३ लाख २९ हजार र ऋण लगानी १ अर्ब ५ करोड ६ लाख रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले जानकारी दिए ।
पछिलो समयमा संस्थाको कारोबारमा वृद्धि हुँदै गएको उनले जानकारी दिए । सहकारीप्रति सदस्यको विश्वासमा आएको कमीका कारण कतिपय सहकारी तरलता समस्याबाट गइरहेको भए पनि संस्थाप्रति सदस्यको विश्वास रहेको उनको भनाई छ । त्यसैगरी संस्थाको कुल सम्पत्ति १ अर्ब ३५ करोड ३४ लाख पुगेको छ । संस्थागत पुँजी ३ करोड ३६ हजार रहेको संस्थाको अन्य कोषमा ७१ लाख ७५ हजार पुगेको छ । संस्थामा १५.८५ प्रतिशत अर्थात १४ करोड ५६ लाख तरलता रहेको विवरणमा उल्लेख रहेको छ । ३ हजार ५२९ सदस्य रहेको संस्थामा ५२५ जनाले ऋण उपभोग गरेका छन् ।