सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट पक्राउ गरेको स्रोतले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता डीर्आजी भीम ढकालले पनि दिपेश पक्राउ परेको पुष्टि गरे ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको हो । साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको बताइएको छ ।