कृष्णबहादुर महरा सीआइबीको नियन्त्रणमा

रुपेन्देही । पूर्वसभामुख तथा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआइबी) ले नियन्त्रणमा लिएको छ । आज (सोमबार) रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो ।

सुन तस्करी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन पाय लगतै गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । त्यसपछि महरा प्रहरीको निगरानीमा थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका थिए । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महराबाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको अनुसन्धानबाट पुष्टि भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *