अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गबीच भेटवार्ता भएको छ ।
आज बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत सोङ्गले अर्थमन्त्री पुनसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।