लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने संसद्को आगामी बैठक चल्दैन ः खतिवडा

काठमाडौँ । कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसद्को बैठक चल्न नदिने बताए । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा सांसद खतिवडाले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए । उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए । ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन ।

त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमान्दार हुनुहुन्छ । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दाह्री पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् । त्यही जस्तो लाग्छ, उहाँचाहिँ दोषी होइन कि भनेर जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ,’ उनले भने । संसद् अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *