पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौँ ः डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि जनलोकपाल बनाएर सम्पत्ति छानबिनको आवश्यक रहेको बताएका हुन् । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

चुनावदेखि चुनावसम्मका लागिमात्रै होइन, जनताका समस्या समाधान गर्न सक्ने खालको पार्टी आवश्यक छ, उनले भने, त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक छ । उनले कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी, कम्युनिष्ट हुँदा कांग्रेस भ्रष्टाचारी हुने खालका कामले नहुने बताए । पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ, जनलोकपाल बनाऔँ, त्यसो गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ । आफू सत्तामा आउँदा आफ्नालाई ढाकछोप गर्ने नभएको बेला कराउनेमात्रै हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *