कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले चैत ८ गते वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो । बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रितगर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगदप्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको बैंकले जनाएको छ ।

बैंकले भिडीयो श्रृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको उल्लेख गरेको छ । भिडीयो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ । बैंकले आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *