आज दोस्रो दिन नेपालले आयरल्यान्ड ‘ए’सँग खेल्दै
काठमाडौं । नेपालले दोस्रो दिन टी-२० अभ्यास खेलअन्तर्गतको खेल आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ ।
उक्त खेल दिउँसो १ बजेबाट टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकिए लगतै नेपाल भारत भ्रमणमा जानेछ । त्यहा नेपालले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्ने छ । हिजो (सोमबार) भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।
टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।