गन्थनबाटै भएपनि बिउँझिएको कलमको खवरदारी !
“मलाई थाहा छ,यसपल्ट म निदाएँ भनेँ,फेरि कहिलेपनि म बिउँझन सक्दिन”(भूपी शेरचन,बि.सं.२०१७ । घुम्ने मेचमाथि अन्धो मान्छे–मध्याहन दिन र चिसो निद्रा । साझा प्रकाशन,नेपाल । बि.सं २०५५) । ‘ए बराल जी,तपाईँको त पहुँच हुनुपर्ने,चलको खेल खेलेर कुरा मिलाउनु पर्ने ? अचेल कोही पढ्दैनन्,के लेखेर बसेको ? तपाईका बाठा साथीहरु त नेताहरुसँग भटघाटमा लागेका छन् रे भन्ने सुनेको,कुरा मिलाएर खुरुक्क एउटा पद लिनु नी है’ भेट भएका तर,बुझेर पनि जिस्क्याउनेहरुले यसरी भन्दा अवकाश भएदेखी मैले धेरैपटक पचाएको छु । समस्याको चुरो तिर भन्दा माछा ठूलो सानो भनेर रमाइलो कुरामा नलागेर,जनतालाई समश्या कहाँ छ भनेर थाहा छ त्यसैले म जनतासँग आफु सर्व साधारणको हैशियत अनुसार गुनासो पोख्छु । आफु कुनै लेखक नभए पनि महेन्द्र मोरङ्ग क्याम्पसमा पढ्दा साथीहरुले भन्ने गरेको–“शासक कै अगाडी सत्य कुरा भन्न नडराउने लेखक नै सही लेखक हुन”(भोल्टेयर) कुरा अझै स्मरणमा छ । जब तपाईलाई सत्ताले कुनै पद दिन्छ की भन्ने आशा हुन्छ तपाईको सिर्जनामा भावना त हुन्छ तर संवेदना हुँदैन । चाकरी र सत्तासँगको आशाले धेरै कुरा सतहमा आउँदैन । अकूत मनग्गे कमाउनु भएको छ वा कमाउने आधारहरु छन भने कुराका पक्षहरु बेग्लै होलान नत्र यो आशाले आफुसँग भएको महत्वपूर्ण चिज पनि गुमाउँन सक्नुहुन्छ भनेर सोसल मेडीयामा हेरेको थिएँ । “अँध्यारो ब्यबस्थामा पनि के गीत गाईन्छ र ? अँध्यारो ब्यबस्था को नै गीत गाउने गरिन्छ”(बर्तोल्त ब्रेख्त)। “आँटगेरेर सत्य कुरा भन्यो भने मानिशहरु नराम्रो मान्छन । रूँदै–रूँदै कुरा गर्ने छैन बानी मेरो”( दुष्यन्त कुमार । भारत) । कुरीती,अँध्यारो तथा अराजनीतिको फोहरी खेललाई सही मूल्यहरुको लागि,सही बाटो देखाउनको लागि,सही न्याय–सही सम्मान दिनको लागि जशजशले आआफ्नो ठाऊँबाट खवरदारी गरिरहनु भएको छ उहाँहरुलाई थोरै भएपनि बल पुगोश भनेर भन्नु पर्ने कुराहरुलाई अनाबश्यक घुमाई फिराई नगराई,दुष्टता नदेखाई जनताकोकरले गुजारा गरिरहेको अवकाश प्राप्त कर्मचारी यो पंक्तिकारले आचरणको सीमा भित्र रहेर श्रद्धेय भूपीज्यूले भन्नु भएझैँ ननिदाएर जे जति जानेँ बुझेँ त्यती नै लेखेर यो खवरदारी जाहेर गरेको छु । ‘काँग्रेस’भनेको सिद्धान्त–बिचार धारा अझ बीपीको बिचारधारा हो,ससंदीय ब्यबस्था–बेलायतको जस्तो संसदीय शासन प्रणाली तथा संबैधानिक राजतन्त्र मान्ने हो । अहिले बनेका ‘काँग्रेसी’ चाहिँ पद लोलुपता–राजनीतिको नाममा अराजनीतिको फोहरी खेल खेल्दै लुछाचूडी गर्ने जमात हो । शिवको कुनै स्वार्थ सम्प्रेषित छैन,केवल कर्तव्यबोध छ र देवताहरुका नेता हुनुभयो ।
अहिले नेपालमा कुनै नेतृत्व
छैन,मन्त्रीसँग जुहारी गर्नेहरु नेता हैनन्–राजनीति पनि छैन–यो संसदीय लोकतन्त्र हैन’(मोहन राज चापागाई,लेखक–राजनीतिक बिस्लेषक–नेपाली काँग्रेस नेता,यो पंक्तिकारसँग ७ चैत्र बि.सं.२०८० मा कुराकानी) ।
कसैलाई पनि उसको धरातल भन्दा बढी हैशियतमा राखेमा उसले संसारलाई आफुजस्तै ठान्छ र यस्तै अहंकारले उशले आफ्ना र्कतुतहरु आफैँ खोल्दै जान्छ । जब मानिसले सिद्धान्त–बिचार–नैतिकता परित्याग गरेर सिर्जना गरेको आफ्नो ब्यवहारले उशको चरित्र निर्माण गरिसकेको हुन्छ । तव त्यो मान्छे सुध्रिदैन बरु मृत्युको सैयाबाट उठेर पनि त्यही चरित्र प्रर्दशन गर्न खोज्छ ।
“जनताको जीवन तथा खुशीलाई मास्ने हैन बरु संरक्षण गर्नु नै सरकारको उदेश्य हो”(थामस जेफरसन) नेपाली जनता परिवर्तनको यति समय गुज्रदापनि खुशी नभएकाले यतीबेर जेफरसनको जनताप्रतिको सम्बेदनाको मात्रै हैन उहिलेको दिव्य उपदेश–“जसदेखी दुनिया राजी रहन्छन,त्यसलाई काज्याई–काजी बनाउनु” (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह)
सिद्धान्त–विचार–आचरण–नैतिकता–सेवाको भावना रहित अर्थात मूल्य र मान्यताहरुबाट तल झरेर वेश्यालाई पनि पछि पार्ने चरित्र प्रर्दशर्न गर्दै ब्यक्तिगत स्वार्थमा लिप्त ब्यक्तिहरुबाट देश तथा जनताको सेवामा समर्पित हुनुपर्ने गरि नेतृत्व गर्न सक्दैनन् । अहिले बिचार धारा–सिद्धान्त छोडेका बीपी बिचारधारा बिर्शीसकेका काँग्रेसी हुन या कम्यूनिष्ट नामका संसदीय दलहरुमा पुराना इमान्दार–सिद्धान्तनिष्ट–देशभक्त नेताहरुलाई चाहिँ किनारा लाएर तथा दबाएर ‘राजनीतीमा सिद्धान्त,देशभक्ति,बिचारधारा,नैतिकता,सदाचार,सेवा–सँग हैन सत्तासँग हिडन जान्नु पर्छ’ जस्ता मान्यता बोकेर सत्ताको लागि जे पनि गर्न तयार हुदै–अपवित्र गठजोड गर्दै रजगज गरिरहेका बिचार–सिद्धान्त–नीति कागजमा सिमित गर्दै जनताको लागि भनेर आफैँले दक्ष बनाएका कैन्टोमेन्टका लडाकूहरुलाईपनि समाहित र असमाहित गरी बीभेद गरेका तथा संसदीय ब्यबस्थामा चुनावमा गर्ने अकूत खर्च लगायतका बीकृति देखिन शुरू भएपछि जनतालाई शोषण,विभेद,अन्याय,अधिकारबाट बञ्चित,संसदीय विकृति लगायतका मुद्धाहरु सुनाउँदै “जव धनीमानीहरुले गरिबहरुको सम्पत्तिमाथी कब्जा जमाउँछन–लुटछन त्यो चाहिँ व्यवसाय हुने र जब गरिवले त्यसको जवाफमा प्रतिरोध गरे हिंशा हुने”(मार्क ट्वेन),“धनीले हैन विपन्न बर्गले शासन गरेमात्र लोकतन्त्र हुन्छ”(अरस्तू) जस्ता ता प्रत्यक्ष मन्त्र पढाउँदै युद्धमा सहभागी गराएर जन समर्थन पाएर पनि पछि बिदेशीको प्रभावमा सबै कुरा उनीहरुलाई बुझाउन सहमति गर्ने नेताहरु हुन वा बिचार–सिद्धान्त–नीति छोडेकाले गरिरहेका रजगजमा अलिकति आशक्ति–भ्रम पालेर आफ्नो बाटो तयगर्न नसकेका सहायक तथा अर्ध नेताहरु हुन सबैको जब सम्झना हुन्छ,अनी बिदेशीको प्रभावमा–सहयोगमा नेपालमा आन्दोलन र परिवर्तन भए बिदेशीले भने अनुसार चल्नुपर्छ भनेर एशियाका प्रसिद्ध समाजबादी बिचारक बीपीका बिचारलाई स्मरण हुन्छ । ‘सत्य बोल्नेलाई मानिशहरुले सवभन्दा बढी मन पराऊँदैनन्’ भनरे प्लेटोले भनेको मर्मलाई पनि आत्मसात गरेको छु । यसैबीच गहन कुराहरु भएको समकालीन सत्य बोलेको देहाएको सृजना पनि पढ्न मन लाग्छ–
“उसको उद्गम सुकी सकेको छ,अब त्यसमा उसका सहायक नदीहरु मात्र बग्ने गरेका छन । बास्तवमा उसँग,आफ्नो पानी बचेको नै थिएन र,सहायक नदीहरुसँग,आफ्नो बाटो नै तय नभएकोले,कुन बाटो लाग्ने भन्ने एकिन थिएन”(अरुण अवध । महानद । सामाजिक सञ्जालको भित्ताबाट । भारत । १९ मार्च ई.सं.२०२४) ।
‘भगवान’ माथि अझ ‘ठूला भगवान’बस्ने भएकाले नेताहरु लगायत जो सुकैले पनि आफूलाई ‘भगवान’ ठान्नु नहुने रहेछ । वैश्विकरूपमा देखिएको लोकतन्त्रको नामको निगाह राजनीतिको कृपापात्र सिर्जना गर्ने हुकमको आधारमा सत्तामा बस्नेहरुले त यो कुरालाई अझ गाहिरिएर मनन गर्नु पर्ने रहेछ–किनकी एउटा सत्ता र पद भन्दा माथि निर्देशन दिने,कब्जा गर्ने र भोग समेत गर्ने दृष्य–अदृष्य शक्ति अर्थात ‘ठूला भगवान’ पनि छन् ।
हरेक बस्तु आफुभन्दा बढी गर्हौँ बस्तुले थिचिन्छ भन्ने कुरा स्वभाविक हो । यसक्रममा,बिराटनगरको रानी मिल्स एरियाको अरुण टाकीजमा गएर हेरेको भारतीय हिन्दी चलचित्र ‘अर्ध सत्य’ को एक सम्बादमा शफी ईनामदार ओमपुरीलाई भन्छन–“‘साना भगवान’ ले ‘ठूला भगवान’को कुरा मात्र सुन्दछन”(सम्बाद लेखक–वसन्त देव,ई.सं.१९८३) । भारतका सुरक्षा सम्बन्धित अधिकारिका हालै सोशल मिडियामा प्रशारित भएका कुरा सुन्दा यदि ‘ठूला भगवान’ को कुरा नसुन्ने हो भने त सिधै ‘उपर’ को यात्रा तय गर्दा हुने रहेछ ।
जब नेपाली संसदबादी राजनीतिले जे गर्दा पनि हुँदो रहेछ–स्वार्थको लागि लम्पसार पर्दा हुँदो रहेछ र केही नेपाली जनता निरीह भएर चुपचाप बसेका हुन्छन त्यति बेला म आफूलाई आर्थर केवेस् तथा टेड्डीले लेख्नु भएको,गायिका जॉन बाइजÞले गाउनु भएको गीत ‘डोन्ना डोन्ना’ मा सम्बोधित भँगेरा जस्तै स्वतन्त्र भएर कतै उड्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । अचेल ‘एल कोण्डो पासा,ई.सं.१९७०’ अर्थात गायक–गीतकार पल साइमन र गायक आर्ट आर्थर गार्फनकेल ले सिर्जना गरेको–“आई वूड र्यादर बी अ स्पैरो देन अ स्नेल” भन्ने गीत गाउँदा आनन्द लाग्ने गरेको छ । तर जब महाभारत काल होस या रामायण काल होश या बिश्वका जति पनि राजनीतिक दर्शन छन ‘शक्ति हत्याउने’ कुरामा एकै प्रकारका कारण देखाएर अल्झेकाले आखिर उपायले नैतिकता छोडेको मात्र हो–कुनै दिन त नैतिकता छोडेकोलाई चुपचाप हेरीरहेको प्रकृतिले त सजाय दिन्छ भने हामी मनुष्यले चुप चाप रहेर पनि धेरै कुरा भनी रहेका छौँ–संयमता तथा धर्यताको शक्ति संचय गरेर । जवसम्म शिक्षा स्वस्थ रोजगारीमा राज्यको भूमिकालाई गौण गरिन्छ तवसम्म ‘दलीय बाद’हरुको पाशोमा हामी मतदाता “बास्तविक निर्णायक सरकार”(रुजवेल्ट) परिरहन्छौँ । ‘काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन,शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षा’(पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता तथा सङ्कल्प,०६ चैत्र,बि.सं.२०८०) का कुरा आएका छन । जनताले बिगतमा पनी यस्ता गफका पाशा–जालहरु देखे–सुने–पढेकाले यश्मा नफस्ने गरी सचेत भएकाछन् । तर,स्वाँश रोकीनुमात्र मृत्य हैन,जब गलतलाई गलत भन्न सक्ने नैतिकता मर्छ त्यो पनि एक प्रकारको मृत्य नै हो भन्ने लागेर लाग्छ,‘हाम्रो कैयौँ पराजयसँग मुठभेड हुन सक्दछ तर पनि हामी पराजय हुनु हुदैन’(माया एण्जेलो);‘जति खराव मानिशको कारण कठीनाईहरु सृजना भएको छ त्यो भन्दा बढी सज्जनहरुको मौनता र निष्क्रियताले गर्दा सृजना भएका हुन’(नेपोलियन बोनापार्ट) भनेर रणनीति र दर्शनका ज्ञानीहरुले भनेको गुनेर अनी पञ्जाबी काव्यका प्रसिद्ध भारतीय क्रान्तिकारी कवि अवतार सिंह सन्धू उर्फ ‘पाश’ को निकै लोकप्रिय ‘सबसे खतरनाक’कविता मा ‘सबभन्दा खतरनाक त स्वाभिमान गुमाएर अन्यायको पीँडालाई केही नबोली सहेर मुर्दा शान्तिले भरिनु हो ’भन्दै कविले अन्यायको बिरुद्ध आवाज उठाउनु पर्छ भनेको कविता बाचन गर्दै ‘बिरोधीसँग सेना हतियारमात्रै भएर केहि हुन्न,जब सूर्य र ऊर्जा छ भने हामी अबश्य युद्धमा बीजयी हुने छौँ’ भनेर श्रीरामले लक्ष्मणलाई सम्झाएको पढेर देशका नदी–जङ्गल–खोला नाला–सार्वजनिक जग्गा–खेत पहाड सबैतिर नेपाल आमाको शोषण भै रहेको बेला मसँग सामाजिक सञ्जालमा जोडीनु भएका भारतका नेत्र शल्य चिकित्सक डा.बलराम तिहिलियानी सचदेवले ई.सं २०२३ को दैनिक भाष्करको एक अङ्कमा ‘सज्जन हुनुहुन्छ भने चुप लागेर बस्नु ठीक हुँदैन’शीर्षक दिएर भारतमा बढी रहेको राजनीतिक बिकृती सँगै फष्टाएको भ्रष्टचारको बिरुद्धमा कलम चलाउनु भएको सम्झेर नेपाल आमाको एक सचेत सन्तानको नाताले चुप लागेर बश्नु ठिक नहोला की भनेर खवरदारी गर्न केही गन्थन नै भएपनि प्रश्तुत गर्ने गर्दछु ।
यस क्रममा,भारतका चर्चित बुद्धिजिवि,साहित्य लेखक,सचेत भारतीय नागरिक प्रयाश जोशीका निम्न बमोजिमका काव्य कथा–साहित्यिक सिर्जनाहरु मलाईचाहिँ सान्दर्भिक लागेर प्रश्तुत गरेको छु –
(क) “आखाँ चिम्म गरेर बशेको छ हातमा अखवार लिएर–तिमि त कश्तो हौ ? आखाँ खोलेर पढ्दैनौ,सुन्दैनौ,भन्दैनौ,लेख्दैनौ,गर्दैनौ । तिमि त कुनै घटनाको बारेमा कुनै कुरामा मौनता साधेर बसी बसी भन्छौ सवै बेकार हुन । आँखा चिम्म गरेर बसेको छ हातमा लिएर (अखवार) ।
(ख) “नगरपालिकाको खन्तीमा,सुँगुरको पिठ्यूँमा,सँगसँगै बशेका बकुल्ला र कागले,एक आपशमा स्वस्थ्य जीवनको मङ्गलमय शुभकामना दिएपछि,हाँस्दै बकुल्लासँग कागले सोध्यो–बकुल्ला भाई ! यो औलो,डेङ्गु,र स्वाइन फ्लु के बाट फैलिन्छ ? बकुल्लाले भन्यो– नगरपालिकाबाट फैलिन्छ ! कागले फेरि चकित हुँदै सोध्यो–फेरि यो नगरपालिका के बाट फैलिन्छ ? बकुल्लाले भन्यो–सुँगुरबाट…,सुँगुर चकित भएर भन्यो–फेरि त यो रोग फैलाउने नगरपालिका माथी जरिवाना गर्नुपर्छ उ आफुलाईचाहिँ बचाउन मलाई पो दोष दिएर बदनाम गराउँछ । त्यही बेला प्लाष्टिकको झोला चवाउँदै कतैबाट आईरहेको गाईले भन्यो–जरिवाना त नगरपालिकाबाट हटाएर सर्वसाधारणमाथी थुपारेको छ– त फेरि बिचारा सर्वसाधारण के गरुनँ ? खुरुक्क महशुल जम्मा गरुनँ”( स्वास्थकी प्रेम कविता) ।
(ग) “रिर्पोटिङ्गको लागि निक्लेका नारदले देखे की उम्मेदबारसँग केही मान्छे मत मागी रहेका छन् ।
नारदले, उम्मेदबारसँग सोधे,–धर्म र भगवानलाई के को लागि,बदनाम गरिरहेको,तपाईँहरुले ? गुण्डा जस्तो देखिने उम्मेदबारको एक समर्थकले,अघि बढेर सोध्यो–हँ,अब भन त अघि के सोध्दै थिईस तैँले ? नारदले चकित भएर दोहो¥याए–आफैँलाई म सोधीरहेको छु की,तपाईँहरुलाई,अदालत,निर्वाचन आयोग,धर्म र भगवानसँग डर लाग्दैन ? उशले(गुण्डा जस्तो देखिनले) धम्क्याउने शैलीमा भन्यो–ओई जा भाग ! आफ्ना फाल्तुकुराहरु आफैँसँग राख्”( उम्मीदवार) ।
र अन्त्यमा,भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्मदिनको दिन आयोजित कविगोष्ठीमा आमन्त्रित बाबा नागार्जुनले–“देश–वतन बेचेर पण्डित नेहरुको खुशिले भूइँमा खुट्टा छैनन् । तैपनि बापूको समाधिमा झुकी–झुकी फूल चढाउन केही हीच किचाऊँदैनन्” भनेर हिम्मतसाथ भन्नु भएपनि नेहरूले हाँसी हाँसी सुन्नु भयो(सैयद अमर जैदीको कलमबाट–भारतका पूर्व प्रो.राणा सिंहको सामाजिक सञ्जालको भित्तामा साझा गरिएको–३० जुन ई.सं.२०२३) । अहिलेको भारतमा त्यो सम्भव छैन–नेपालमा त नेताहरु स्तुतिमात्र सुन्न चाहन्छन भन्ने थाहा पाएको छु रपनि यशरी केही भन्ने जमर्को गरेँ ।
(विम्ब छविचित्र श्रेय ः विजय प्रसाद,लेखक,निर्देशक,सम्पादक,संबाददाता–मुठ्ठी उचालेर उधोग नजिक लाउड स्पीकर सहित सम्बोधन गरिरहेका एक श्रमिकको स्केच,०१ जनवरी ई.सं.२०२० । भारतका साहित्य लेखक प्रमोद बेडियाले ‘वजहेँ’ शीर्षकमा १८ मार्च ई.सं.२०२२ मा आफ्नो सामाजिक सञ्जालमा साझा गर्नुभएको गरीबी सम्बन्धी ब्यक्त बिचारमा समावेश बाढी पीडित । गाई र फोहर चाहिँ सोसल मेडीया,२०२१अगस्ट । पहुँच तथा प्राप्ती–अधोभार,२०२१अगस्ट नेपाली समय बिहान ८.०४ बजे,२१–२३ मार्च ई.सं.२०२४ मार्फत गुगल इन्टरनेट नेपाली समय रात्री ७.५७) ।