शिखर इन्स्योरेन्सको चार जना सञ्चालकमा निर्वाचित
काठमाडौं । शिखर इन्स्योरेन्सको चार जना सञ्चालकमा निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।