बलिउड अभिनेत्री ज्याकलिन काठमाडौँमा
काठमाडौँ । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । काठमाडौँमा आयोजना हुन लागेको ज्वेलरी रनवेमा र्याप वाक गर्न उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।
ज्याकलिनले शो स्टपर रुपमा र्याप वाक गर्ने भएकी छिन् । आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका थिए ।